नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।

नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार भएको सातौँ केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिनुका साथै उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको समेत गरेको उहाँले बताउनुभयो । पार्टी कार्यवाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको बैठकले संसदीय दलको नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको जनाएको छ ।
यस्तै, संसदीय दलका नेताले थापाले संसद्मा दिएको अभिव्यक्ति पनि सच्याएको छ। राज्यका सबै सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उपमहासचिव लेखराज भट्टले बताए ।
बिहीबारको संसद बैठकम बादलले नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताउनुभएको थियो ।
भट्टले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तरराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो ।
उहाँले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तरराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उल्लेख गर्दै यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने स्पष्ट पार्नुभयो । यस्तै बैठकले सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन माग गरेको उपमहासचिव भट्टले बताउनुभयो ।
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमहरूलाई मात्र दिने सरकारको निर्णय स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले उक्त निर्णय फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।
बैठकले पश्चिम एसियामा जारी हिंसाका कारण लाखौँ नेपालीहरू असुरक्षित बनेका भन्दै उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।


