स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार