नेमकिपाको केन्द्रीय समिति बैठक शनिबारदेखि सुरु

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को कन्द्रीय समिति बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको छ । बैठकको पहिलो दिन शनिबार पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिनुभएको छ ।

उहाँले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराउनुभएको जनाइएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक आइतबार पनि जारी रहने छ ।

सम्बन्धित समाचार