आजदेखि सरकारी कार्यालय बिहान ९ देखि बेलुकी ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय बिहान ९ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आइतबारै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय चैत २३ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ला हुने भएका हुन् ।

तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि बेलुकी ४ः०० बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित छ ।

सम्बन्धित समाचार