अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौं : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताउनुभएको छ ।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उहाँले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्यमशीलताको प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै जिम्मेवार हुने पर्ने भन्दै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिनिधिमण्डलले सरकारले सबै सञ्चारमाध्यमको विकासका लागि सन्तुलित नीति अगाडि सानुपर्ने माग गरेको थियो ।

सम्बन्धित समाचार