नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।
सोमबार सुनको मूल्य तीन लाख ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४५ कायम भएको थियो । त्यस्तै आइतबार सुनको मूल्य रु दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार छ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
