डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार लैनचौर स्थित दुग्ध विकास संस्थान (डिडिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामीसँग आइपुगेको विषयमा नियन्त्रणमा लिने, अनुसन्धान गर्ने काम सिआइबीको हो, अनुसन्धानका लागि कागजातहरु लिएका छौँ, अरु कुरा अनुसन्धानपछि नै थाहा हुन्छ ।”

डिडिसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ । दैनिक एक करोड बक्यौता भुक्तानी थालिएको जनाइएको छ ।

सम्बन्धित समाचार