नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुभएको छ ।
यस्तै, अर्थमन्त्री डा वाग्लेले शुक्रबारै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । यस्तै, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको यही जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी समयसीमा तोकिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १७ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
