नेकपा संयोजक दाहाल अस्पताल भर्ना, के भएको हो उहाँलाई ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई ज्वरो/रुघाखोकी बढेपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।

संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार