नवकान्तिपुर संवाददाता
लमजुङ, २५ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको अध्यक्षमा पुनः अशोक सापकोटा निर्वाचित हुनुभएको छ ।
आइतबार भएको निर्वाचनमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकामा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत प्राप्त गर्ने सापकोटा र भोलानाथ शर्माबीच प्रतिस्पर्धा गराइएको थियो ।
निर्वाचन प्रमुख अनिशा अधिकारीका अनुसार दुई उम्मेदवारमध्ये शर्माले उम्मेदवारी झिकेपछि आज सापकोटा पुनः निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार उपसभापतिमा सन्तोषी गौली, सचिवमा मीना खड्का र सहसचिवमा गोविन्दबहादुर घलेले ६६ निर्वाचित हुनुभएको छ । सदस्यमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ निर्वाचित हुनुभएको छ ।

