विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ ।

मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २-१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एक/एक गोल गरे । चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो । खेलको ५९ औँ मिनेटमा लाडिस्लाभले गोल गर्दै आफनो टोलीलाई पहिलो अग्रता दिलाए ।

चेक रिपब्लिकको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलकोे ६७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । दक्षिण कोरियाका हवाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई एक/एक गोलका बराबरीमा ल्याए ।

त्यसैगरी, दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेनन र अन्ततः दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्‍यो । जितसँगै दक्षिण कोरियाले शीर्ष तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

समूह ‘ए’अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो । यससँगै समूह ‘ए’मा समान तीन अङ्क बटुलेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार