नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार।

ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको ७ अङ्क छ ।
समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे । भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए । त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।
खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो ।
यसैगरी बिहीबारै बिहान एटलान्टा स्टेडियममामा भएको खेलमा हाइटीले खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । तर खेलको ३९औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल खेललाई बराबरीमा ल्याए ।
त्यस्तै खेलको ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए । तर पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याएका थिए ।
त्यस्तै ७८ औं मिनेटमा सफियन रहिमीले गोल गर्दै मोरक्कोलाई ३-२ को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औं मिनेटमा गेसिमी यासिनले गर्दै मोरक्कोलाई ४-२ को जित दिलाए ।
यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् ।
