नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार।

प्रतिनिधिसभाको आगामी बैठक यही असार १४ गते आइतबार ११ः०० बजे बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शुक्रबार सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिनुभयो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सार्नुभएको हो ।
शनिबारका लागि सूचना टाँस गरेको डाकिएको संसद् बैठक विशेष कारणले स्थगित गरी आइतबार बोलाइएको सचिवालयले जनाएको छ ।

