संसद् सचिवालयले सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम गर्ने

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

सो कार्यक्रम यही असार १५ र १६ गते सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा हुनेछ । सचिवालयअन्तर्गतको संसदीय प्रशिक्षण शाखाले शुक्रबार सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गरेको छ ।

उक्त कार्यक्रम असार १५ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म र असार १६ गते बिहान ११ देखि अपराह्न ३ः३० सम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार