सुनको मूल्य घट्यो, आज कति छ तोलाको  ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार