नवकान्तिपुर संवाददाता
काठमाडौँ, १२ साउन l

संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।
संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश गरेको थियो ।
यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिश गरेको थियो । संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो ।

