नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन।

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ३५ ले घटेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु चार हजार सात सय ७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔंस चार हजार तीन सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

