संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

प्रतिनिधिसभामा यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम तय गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो ।

सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने र बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा १५ प्रश्न सोध्न सकिने बताउनुभयो ।

त्यस्तै उहाँले प्रश्नकर्ता सांसदलाई भदौ ५ गते शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाका सचिवलाई लिखित रूपमा बुझाउन सकिने बताउनुभयो । उहाँले प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित समाचार