कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

उहाँले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको संविधान बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ । यसअघि उहाँको नेतृत्वमा २०८१ वैशाख २७ गते कोसी प्रदेश मन्त्रिपरिषद गठन भएको थियो ।

हाल सभामा नेकपा (एमाले)का ४० र नेकपाको १७ सांसद छन् ।

सम्बन्धित समाचार