सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन

सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रामबहादुर थापाले यसअघि सदनमा व्यक्त गर्नुभएका असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।

भदौ ३ गतेको बैठकमा सांसद रानामगरले ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ जस्ता शब्द प्रयोग गर्नुभएको थियो भने एमाले सांसद थापाले सरकारको कार्यशैलीको आलोचना गर्ने क्रममा ‘अमेरिकाको इशारा’, ‘उत्तर कोरियाको शासन’ र ‘पाकिस्तान शैली’ जस्ता शब्द तथा प्रसङ्ग प्रयोग गर्नुभएको थियो ।

यसैगरी सभामुख अर्यालले सोमबारको को बैठकमा छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले नेपालको शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित समाचार