रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आज सर्वदलीय बैठक बस्दैछ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ९ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ ।

सम्बन्धित समाचार