नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु १५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।
