नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएकाबाहेक सबैलाई १५औँ महाधिवेशनका लागि भाग लिन पाउने गरी व्यवस्था मिलाइने निर्णय पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पश्चात जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले १४औँ महाधिवेशन पश्चात् सदस्यता नवीकरण गरे पनि अध्यावधिक नगरेकाहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था मिलाउने निर्णय गरिएको बताउनुभयो ।
“भोटेकोशी बाढीका विषयमा बैठक बढी केन्द्रीत भएको थियो, खोज, राहत र उद्धारका विषयमा भएका कमजोरीका बारेमा सरकारलाई आवश्यक सुझाव सल्लाह दिने, आफ्नो तर्फबाट गर्न सकिने काम प्रभावित क्षेत्रमा गरिरहने, पार्टीको संरचना र भातृ तथा शुभेक्षुक सङ्गठनलाई थप परिचालन गर्ने, पीडितलाई सहयोग गर्ने, उद्धार तथा राहत र पुनःनिर्माणका थप योगदान गर्ने निर्णय भएको छ”, प्रवक्ता चालिसेले भन्नुभयो ।
सोमबार बस्ने बैठकमा छलफल पश्चात् प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयवस्तुहरूका बारेमा सुझाव दिने र भोटेकोशी बाढी पहिरोका कारण धेरै ठाउँको जनजीवन प्रभावित भएकाले यही भदौ २४ गते हुने वडा अधिवेशनको मितिमा पुनःविचार गर्न अनुरोध गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारीअनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बसेको बैठकको सुरुमा यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँग भेटघाट र छलफल पश्चात् त्यहाँको यथार्थ वस्तुस्थितिका बारेमा सभापति गगनकुमार थापाले बैठकलाई जानकारी गराउनुभएको थियो ।
कार्यवाहक मुख्यसचिव दुलालका अनुसार आइतबारको बैठकमा १७ जनाले आफ्नो धारणा राख्नुभएको थियो । छलफलको क्रम जारी रहेकाले अर्को बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्नेछ ।
आइतबारको बैठकमा सह–महामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामा, सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, प्रा डा गोविन्दराज पोखरेल, भरतकुमार शाह, सुधीरकुमार शिवाकोटी तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश) र ललितजङ्ग शाही (कर्णाली प्रदेश)ले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
र सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बसेको बैठकको सुरुमा यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँग भेटघाट र छलफल पश्चात् त्यहाँको यथार्थ वस्तुस्थितिका बारेमा सभापति गगनकुमार थापाले बैठकलाई जानकारी गराउनुभएको थियो ।