कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्नुहुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा नेपालको संविधानबमोजिम उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी अर्थमन्त्री डा वाग्लेलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।

सम्बन्धित समाचार