मनसुन पूर्ण रूपमा बाहिरियो : मौसम पूर्वानुमान महाशाखा

यस वर्षको मनसुन बुधबारदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी बुधबारदेखि पूर्ण रूपमा बाहिरिएको हो ।



मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।

सम्बन्धित समाचार