सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णालीको लगातार दोस्रो जित, विराटनगर चार विकेटले पराजित

सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई चार विकेटले पराजित गरेको हो ।

जारी प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो जित हो भने विरत्नागर्को लगातार दोस्रो हार । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार ८७ रनको अर्धशतकीय पारी खेले भने एन्जेलो म्याथ्युजले २२ बलमा ३१ रन बनाए ।

यी दुईले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । त्यस्तै आन्द्रे रसेल १५ बलमा २७ रन जोड्दा बसिर अहमद १३, इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ र सुजन थपलिया शून्य रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए भने मार्क वार्ट र नन्दन यादवको भागमा एक-एक विकेट रह्यो | विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले ६ विकेट गुमाउँदै एक बल बाँकी हुँदै पूरा गर्यो ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै अर्धशतकीय पारी खेले भने गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे । ।यी दुईले सातौं विकेटका लागि ६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । त्यस्तै पवन २८ बलमा ३६ रन बनाए | सोमपालले छैटौं विकेटका लागि पवन सँग ६६ रनको साझेदारी गरेका थिए ।

यस्तै अरिफुल इस्लामले ३२ रन जोड्दा दीपक डुम्रेले २० रन बनाए । विराटनगरको लागि एन्जेलो म्याथुजले तीन विकेट लिए भने चरिथ असलंंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेको भागमा समान एक-एक विकेट रह्यो ।

सम्बन्धित समाचार