नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कार्तिक।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।
गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट रु पाँच लाख ७८ हजार ५५५ र २६ वटा कौडा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

