कांग्रेसले अवराेध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो।



प्रहरीको ‘इन्काउन्टर’मा कुमार पौडेल मारिएको घटना र राजमार्गमा प्रहरीले गोली चलाएका कारण ज्यान गुमाएका सरोजनारायण सिंहको विषय संसदमा केही दिनदेखि उठिरहेको छ।

सम्बन्धित समाचार