मुक्तिनाथ बैंक र चिरायु अस्पतालवीच सहकार्य, ग्राहकले १५ प्रतिशत छुट पाउने

मुक्तिनाथविकास बैंक लि र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युटविच सहकार्य भएकाे छ । उनीहरूवीच बैंकका ग्राहकहरुलाई अस्पतालले तोकिएकाे शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैङ्कले जनाएकाे छ ।

उक्त सम्झौतापत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा/डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएकाे विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।



मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. र ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकस्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्टबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको बैङ्कले जनाएकाे छ।

सम्बन्धित समाचार