सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न चाहन्छः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको समग्र विकासका लागि उत्पादनसहितको व्यापारमा जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको कार्यक्रममा उनले निरपेक्ष व्यापारले मुलुकको अर्थतन्त्रको विकासमा टेवा नदिने भन्दै उत्पादनसहितको व्यापारमा लाग्न निजी क्षेत्रलाई आग्रह गरे ।

निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास असम्भव रहेको औँल्याउँदै मन्त्री यादवले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तत्पर रहेको बताए । “उद्योग व्यवसायका समग्र उन्नयनका विषयमा छलफल गर्न सरकारले छिट्टै उद्योग वाणिज्यसम्बन्धी विषयगत बृहत् बहस एवं छलफलको आयोजना गर्न लागेको छ”, उनले भने, “त्यसका लागि विषयगत सुझाव दिन तपाइइँहरु ९निजी क्षेत्र० तयार हुनुहोस् ।”



सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको जनाउँदै मन्त्री यादवले उद्यमी व्यवसायीका सवाललाई समयमै सम्पन्न नगर्ने तथा काममा ढिलाई गर्ने कर्मचारीलाई दण्डित गरिने बताए । उनले भने, “समयमै काम सम्पन्न नगर्ने राष्ट्र सेवक दण्डित हुनुपर्दछ र त्यसतर्फ सरकार लागिरहेको छ ।”

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सुनचाँदीको निर्देशिका समयमा नै ल्याउन आग्रह गर्दै उपभोक्ताको हकहित संरक्षण र व्यावसायिक सहजीकरण एवं सुदृढीकरणमा जोड दिए । उनले नेपाल विश्व व्यापार सङ्गठनको मान्यताअनुसार भन्सार दर कम हुँदै जानुपर्नेमा भन्सार दर बढ्दै जाँदा बजार भाउ आकाशिने जोखिम बढेको बताए ।

सम्बन्धित समाचार