विदेश विभागको जिम्मा नेपाललाई, संगठनमा गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेका छन् ।

तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबिहीन छन् । उनले पार्टीमा सक्रिय रहने गरी आफूलाई राम्रो जिम्मेवारी दिन अध्यक्षद्वयलाई आग्रह गर्दै आएका थिए ।



विगतमा आफूसँग गरिएका प्रतिवद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए। बालुवाटारमा शुक्रबारराति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो।

विदेश विभाग प्रमुखको जिम्मा भने वरिष्ठ नेता माधवकुमार नेपाललाई दिन करिब–करिब सहमत भएका हुन् । नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए । बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम लगायतका नेता सहभागि रहेको स्रोतले बतायो ।

सम्बन्धित समाचार