राप्रपाको उत्पीडित संगठन गठन

नेपाल राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आफ्ना भातृ संगठनहरूलाई विस्तार गर्ने योजनाका साथ राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठन, केन्द्रीय तदर्थ समिति गठन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले श्रवणकुमार नेपालीको अध्यक्षतामा ४० सदस्य तदर्थ समिति गठन गरेको छ भने समितिको महासचिवमा राम नेपालीलाई सर्वसम्मत चयन भएको छ ।



बैठकपछिको भेटघाटमा पार्टी अध्यक्ष थापाले अबको एक वर्षभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी सबै जिल्लाहरूमा जिल्ला समिति गठन गरिसिकने र पार्टीका सबै भातृ संगठन विस्तार गर्दै निस्कृय रूपमा रहेका भातृ संगठनहरूलाई पनि पुनः क्रियाशील बनाउने जानकारी दिए ।

सम्बन्धित समाचार