नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ८, बेनीबजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिकावडा नं ४, बेल्डिहामा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् । बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर श्री हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए। कारोबार शुभारम्भ समारोहमा वडा नं ८ का वडाअध्यक्ष रामकृष्ण बराली, म्याग्दीउद्योग वाणिज्य संघका अध्यक्षउत्तमकुमार कर्मचार्य र बैंकका प्रदेश नं ४ का प्रमुख टुबराज वास्तोलालगायतको उपस्थिति रहेको थियो ।
यसैगरी गैंडाकोट नगरपालिकाका मेयर श्री क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका थिए ।
काठमाडौं–३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९६ वटा शाखा कार्यालयहरु तथा ४५ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।