नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई स्थानीय नेतालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको छ । थापालाई व्यास नगरपालिका–२ स्थित गणेशमान चोकबाट र श्रेष्ठलाई व्यास नगरपालिका–३ स्थित मालपोत लाइनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ परेका दुवै कार्यकर्ताको साथबाट पार्टीका पर्चा पम्पप्लेटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।