काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमा आफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । यस अवसरमा काठमाडौं मेरिएट होटलले नेपालका विशिष्ट व्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको थियो । उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापानी र चिनियाँ खानाहरु पेश गरिएको थियो ।
एडमामे एक आरमदायी, उच्च गुणस्तरीय, आधुनिक एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पस्कन्छ । यो रेष्टुरेन्टमा विशेष गरि याकिटोरी ग्रिल, लाइभ सुशीबार, डिम सम स्टेशनतथा एशियनबाट प्रेरित ककटेल सर्भ गर्नेबार पनिरहेका छन् ।
एडमामेमा भएको शानदार सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एशियनकलाले एशियन देशहरुमा भएको महशुस गराउँछ । यी डिजाइनले प्राचिन विश्वको केहि रहस्यमय घटनाहरुको संज्ञा गर्दछ ।
एडमामेका एक्जुकेटिभ सेफ संजीव रञ्जन र सेफ निन्जाले हरेक उत्पादन स्वादीष्ट बनाउनउच्च गुणस्तरीय सामग्रीप्रयोग भएको सूनिश्चित गर्दछन् । यसको शुद्ध स्वाद हाइलाइट गर्न विशेष ध्यानदिएर हरेक अनुभवलाई यादगार बनाउनविशेष सावधानी अप्नाएर दक्ष क्युलेनरी सीपको उपयोग गर्दै आएका छन् ।
उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिनलुईस रिपोचेले भने, “एडमामेमा हामी सिग्नेचर खानाभन्दा फरक क्युसाइन पेश गर्दछौं जुसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रादान गर्दछ । हामीले आशा गरेका छौं कि सम्पूर्ण अतिथिहरुले यहाँअद्भुत एशियन खानाको अनुभव लिन सक्नुहुनेछ ।” एडमामे २८ जुलाईबाट सबैकालागि खुल्ला गरिएको छ ।