साञ्जेन र रसुवागढीको शेयर बेच्नेको चाप, किन्ने लगानीकर्ता भेटिएनन्

साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा  बुधबार शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर खरिदको लागि कुनै खरिद अडर देखिदैन ।

साञ्जेन लघुवित्तको २६ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ भने रसुवागढी हाइड्रोपावरको पनि ८७  हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ।



दुबै कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको हो । कारोबार खुलेको ३० मिनेट समयमा नै साञ्जेन जलबिद्युतको शेयरमुल्य घटेर २३५ रुपैयाँमा झरेको छ भने रसुवागढीको २३७ रुपैयाँमा झरेको छ।

सम्बन्धित समाचार