शिल्पा सर्वोच्चमा उपस्थित

अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालतमा हाजिर भएकी छन्। बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवी ओझा र शिल्पा पोखरेलबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार थिए। शिल्पा र छविको सम्बन्ध विच्छेद विवाद जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको हो।

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्। उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने जिकीर गरेकी थिइन्। शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।



उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ।

शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्।

त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ।

छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो।

गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

सम्बन्धित समाचार