रिलिज अगावै ‘साहो’ को कमाई ३ सय २० करोड

बाहुबली फेम अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’ ले रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको छ । पावर प्याक्ड एक्शन फिल्म ‘साहो’मा प्रभासको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर छिन् ।

बाहुलबी–२ पछि प्रभासको रिलिज हुने ‘साहो’लाई दर्शक माझ निकै क्रेज रहेको छ । फिल्म अगष्ट ३० देखि प्रदर्शनमा आउँदैछ । एक्सनले भरिएको फिल्मको बजेट ३ सय ५० करोड रहेकोमा ‘साहो ले प्रदर्शन अगावै ३ सय २० करोड कमाइसकेको भारतीय मिडियाले बताएका छन् । मेकर्सले फिल्मको थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री गरेका छन् । अझै फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी छ ।



सुजीतको निर्देशनमा बनेको फिल्ममा मन्दिरा बेदी, नील नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डेको पनि मूख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार