नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजिनामा दिएका छन् । साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बिहान राजिनामा पत्र बुझाएका बताइएको छ ।
नेकपाले साहलाई गत ५ असोजमा प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिएको थियो ।
उनले नेतृत्वले सहयोग नगरेको र काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका स्रोतले बतायो ।