अमेरिकामा नेपाली ट्याक्सी चालकसँग अनुपम खेरको जम्का भेट

कला र कलाकारको कुनै भूगोल हुदैँन्। कलाले जुनसुकै भुगोलको व्यक्तिले मोहित बनाउन सक्छ। यस्तै भारतिय चर्चित अभिनेता अनुपम खेरले नेपाल र नेपाली सुन्दर लाग्ने बताएका छन्। अमेरिका भ्रमणमा पुगेका खेरले आफूले नेपालका विभिन्न ठाउँमा फिल्म सुटिङको लागि पुगेको पनि बताएका छन्।

आफ्नो भ्रमणका क्रममा भेटिएका पुण्य नामका नेपाली ट्याक्सी चालकसँग उनले नेपालका बारेमा कुराकानी गरेका थिए। खेरले पुण्यसँग नाम, परिवारको अवस्थाबारे चासो व्यक्त गरेको भिडियो आफ्नो इन्स्टाग्रामबाट सेयर गरेका छन्। खेरले नेपाली चालकसँग नेपाली गीत सुनाउन आग्रह गरेका थिए। पुण्यले मै छोरी सुन्दरी बोलको गीत गाएका थिए। गीत सुनेका खेरले प्रतिक्रिया स्वरूप वाह व्यक्त गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।



https://www.instagram.com/p/B1Xg0e9A8Pa/

सम्बन्धित समाचार