नेकपामा कुनै विवाद छैनः नेता पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् । आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनलेले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई विवाद बनाउन नहुने बताए ।

स्थायी समिति सदस्यसमेत रहेका नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहस आन्तरिक रुपमा हल गर्न सकिने बताए । उनले नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्नै नसकिने नभई आन्तरिक रुपमा समाधान गर्ने खालका रहेको बताए ।



नेता पौडेलले पार्टीभित्र आन्तरिक विवाद भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारे । “नेकपा जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकोले पार्टीको नियामावली, विधान र प्रतिवेदनअनुसार नै अघि बढ्छ”, उनले भने।

सम्बन्धित समाचार