एनआरएन अध्यक्ष डिपोर्ट प्रकरण: ‘व्यक्तिगत रिसिइबी साँधियो, अफवाह फैलाइयो’

मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ। उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३९कल साइन एमआइ ४१३० विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ।

विमान चढेर सिटमा बसिसकेका उनीहरूलाई सिल्क एयरका क्याप्टेनले नै साथै उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए। त्यसपछि विवाद भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो।



उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ।

विमानबाट निकालिए पछि भट्टको साथमा सिंगापुर उड्न लागेका सनत न्यौपानेले आफ्नो कारणले डिपोर्ट गरेको भनेर समाचार आएको भन्दै फेसबुक लाइभ मार्फत आपत्ति व्यक्त गरेका छन्। उनले फेसबुकमा आफ्नो भनाइको लाइभ गर्दै सो कुरा बताएका हुन्।

विमानबाट डिपोर्ट भएपछि भट्टसँगै रहेका सनद न्यौपानेले फेसबुक लाइभ गर्दै दिएको अडियो सन्देशको सम्पादित अंशः

आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू।

आज मेरो कारणले गर्दा, एनआरएनएका अध्यक्ष भवन भट्टको नाम जोडिएर हामी सिल्क एयरको विमानबाट डिपोर्ट भएको समाचार जुन आइरहेको छ। त्यसमा मेरो आफ्नो भनाइ छ।

आज हामी विजनेस मिटिङमा सँगै थियौं। त्यो विजनेस मिटिङ्मा सहभागी हुँदाहुँदै सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नका लागि सिङ्गापुर जाने कुरा भयो। योजना अनुसार हामीले सिल्क इयर बुक गर्‍यौं र हामी बुक पनि भयौं । मेरो आदरणीय अध्यक्षको अति अति नै व्यस्त समयका बाबजुत सिगांपुर जाने भयौं । तर एउटा भ्रामक प्रचार भयो- ए ल ! एनआरएनको अध्यक्ष डिपोर्ट भयो भन्ने।

यसमा मेरो स्पष्टिकरण के हो भने, भ्रामक प्रचार भयो। उहाँ र म सँगै थियौं। हामी व्यापारिक भेटमा थियौं। व्यापारिक भेटमा कुन स्तरको मदिरा पिइन्छ सबैलाई जगजाहेर नै छ। उहाँले प्रधानमन्त्रीलाई भेट्न जाने हो, त्यति अल्कोहल नलियौं भन्नुभयो। त्यसपछि हामीले एयरपोर्टमा चेक इन गर्‍यौं। हामीलाई बोर्डिङ पास पनि दिइयो। हाम्रो छलफल जारी नै थियो। यस्तैमा हामी माथि गयौं। इमिग्रेसन पास भएर बिजनेस लाउन्जमा गएर बस्यौं र सिङ्गापुरमा गएर सम्माननिय प्रधानमन्त्रीलाई के कस्तो शुभ-कामना व्यक्त गर्ने छलफल गर्‍यौं। हामीले यसमा प्रधानमन्त्रीलाई जोड्न खोजेका होइनौं।

सिङ्गापुरमा त्यसबाहेकमा हाम्रो अर्को काम पनि थियो। त्यसको पनि छलफल गर्‍यौं। त्यसपछि प्रिबोर्डबाट अगाडि लैजानेक्रममा ुतपाईंहरूलाई हामीले बोर्ड गर्न मिल्दैन भनियो। त्यसपछि हामीले किन मिल्दैन बाबुरुु भनेर सोध्यौं। त्यसपछि उसले फेरि मिल्छ भन्यो। अनि हामी बोड गरेर सिटमा बस्यौं। सिटमा बसेपछि त्यहाँको क्याप्टेन आएर ुआई क्यानट फ्लाइ विथ यूु भन्यो। यो त कुनै तर्क भएन।

एकजना मान्छेलाई बोड गरिसकेपछि निकाल्नुपर्ने रिसीइबी किन हुन्छरु त्यो पनि क्याप्टेन भएररु यसमा सिल्क एयरले भेदभाव गरेको देखिन्छ। प्रहरी साथीहरूले हामीलाई राम्रो सहयोग गर्नुभयो। तर एयरलाइन्सबाट जुन दुर्व्यवहार भयो, हामी अचम्मभित भयौं। प्रहरी साथीहरू पनि एनआरएनए अध्यक्षलाई हामीले यस्तो गर्नुपर्‍यो भनेर अप्ठ्यारो मानिरहनुभएको थियो। सिल्क एयरलाइन्स, आजसम्म मैले यात्रा गरेको सबैभन्दा खराब एयरलाइन्स हो। यसका लागि हाम्रा अध्यक्ष एकदमै ठूलो माफीका हकदार छन्।

न ब्रेथलाइजर लगाइयो। व्यक्तिगत रिसिइबी साँधियो, अफवाह फैलाइयो।

सम्बन्धित समाचार