विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित

राष्ट्रियसभाको बैठकले दुई विधेयकलाई दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

पठाउन प्रस्ताव गरिएका विधेयकमा प्रहरी समायोजन विधेयक–२०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)विधेयक, २०७६ रहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले ती विधेयकलाई आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।



यसअघि, गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त दुई विधेयकलाई विचार गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरे । राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते बिहीबार दिनको १ः०० बजे बस्नेछ ।

सम्बन्धित समाचार