ओलीको अनुपस्थितिमा नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बैठक सोमबार उिसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो।

प्रवास कमिटी, ६ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।



गत बिहीबारको नेकपा सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि अध्यक्ष दाहालले पार्टी बैठक बोलाउन सक्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार