

प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी आज (सोमबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुरमा छन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा पनि गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अवस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागको हो।
भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो। यसले गर्दा काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फेरेन्सको प्रयोग गर्न लागेको हो।
ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गएको शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु भएको छ।
प्राप्त जानकारी अनुसार उपचारका क्रममा झण्डै एक महिनासम्म प्रधानमन्त्री सिंगापुर रहने सम्भावना छ।
