‘छ माया छपक्कै’ को पोष्टर सार्वजनिक

यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई देख्न सकिन्छ । यस्तै केकी अधिकारीले घुम ओढेकी छिन् । पोस्टरमा केकीलाई तीनै जनाले हेरेको देखाइएको छ ।



रोहित अधिकारीको लगानी रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आमा सरस्वती भुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुति रहेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

दीपकराज गिरीले पटकथा तयार पारेको फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद छ । दशैँमा रिलिज गरिने भनिएको चलचित्रको रिलिज मिति भने अझै तोकिएको छैन ।

सम्बन्धित समाचार