आचार्य बालकृष्णलाई विषहालेको पेडा कसले खुवायो, रामदेव भन्छन्– अनुसन्धान भइरहेको छ

भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई पेडामा विष हालेर खुवाएको खुलेको छ । गएको साता अचानक अस्वस्थ भएका उनलाई पेडामा विष हालेर खुवाएको खुलेको हो । यद्यपी कसले यो कार्य गरेको हो भन्ने विषयमा केही खुलेको छैन । अहिले उनको अवस्था सामान्य रहेको छ ।

नेपालको स्याङ्जामा जन्मिएका आचार्य गुरु रामदेवका मुख्य सहयोगी हुन् । उनी बिरामी भएको सुनेपछि पतञ्जली योगपीठ नेपालका केही अधिकारीहरु हरिद्वार पुगेका थिए । आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वदेश फर्कने क्रममा सोमबार रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा विष मिसाएर खुवाएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।



हालै गएको श्रीकृष्ण जन्माष्टमीको दिन भक्तजनले ल्याएको प्रसाद (पेडा) खाँदा उनी अचानक बिरामी भएका हुन् । सो पेडा खाएको केही समयमै बेहोस भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

सम्बन्धित समाचार