टिभिएसको ‘टिभिएस दशैंको दौड’ उपभोक्ता प्रवर्दन योजना

नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता प्रवर्दन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो एक यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् । जो कोहीले पनि टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागि बन्न सक्नेछन् ।

यस योजनामा सहभागि बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट https://tvsnepal.com/dashain मा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै रु५ हजार देखि रु१ लाख सम्म नगद जित्न सक्नेछ । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ ।



यतिमै यो पूरा हुने छैन । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ । जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरीद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टम मा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्भित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, त्यो पनि जित्न सक्नेछ । हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरणगरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गरिनेछ ।

सम्बन्धित समाचार