पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ। विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ।
गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे। नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेको समाचार राजधानी दैनिकमा छ।
बिवाहइत्तर सम्बन्धले भए यस्ता घटना
घटना १ : २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित एउटै कोठामा सलको पासो लगाएर तीन जनाले आत्महत्या गरे
घटना २ : २० साउनमा पत्रकार शालिकराम पुडासैनीद्वारा आत्महत्या
घटना ३ : ३२ साउनमा सुनधाराको एक होटलबाट तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङद्वारा हामफालेर आत्महत्या
घटना ४ : १ भदौमा स्वयम्भू ठूलोभर्याङमा प्रेमिकाको कोठामा प्रहरी जवान शंकर ठगुन्नाद्वारा झुन्डिएर आत्महत्या
घटना ५ : बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीद्वारा ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या
घटना ६ : ४ भदौमा नै गोंगबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र काभ्रेकी ३० वर्षीया सविना बजगाईं मृत फेला
घटना ७ : १६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता