नाडा अटो शो २०१९ का लागि र्याभफो हाइब्रीड , क्याम्री हाइब्रीड र र्याभफो ग्यासोलिन लन्च

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि., नेपालका लागि टोयोटा मोटर्सको एकमात्र आधिकारीक डिस्ट्रीब्युटरले नाडा अटो शो २०१९मा दुइवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । नाडा अटोमोबाइल असोसिएसन र ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्टद्वारा सन्चालित यस अटो शो अगस्ट २७, २०१९ देखि १ सेप्टेम्बर , २०१९ सम्म भृकुटीमन्डप एग्जिबिसन हल , काठमाडौं , नेपालमा सञ्चालन भएको छ ।

टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ति दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुवाँ इमिसन गर्छ । हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन स इ.भी. मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमीसन हुन्छ , इ.को. मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बुस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।



नयाँ र्याभ फोहाइब्रीडको चाखलाग्दो विशेषता नै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन । ब्याट्रीको लागि प्लगड (इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टी. आर. सी.) का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल (याच. ए. सि. ) को प्रबन्ध पनि रहेको छ । बजारमा यस सवारीको मुल्य रु. १३,४००,००० रुपैँया रहेको छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मि. प्रति लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन । ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल (भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टी. आर. सी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम (इ. अय्स. अय्स) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य रु. १३,१००,००० रुपैँया रहेको छ ।

सम्बन्धित समाचार